२०८१ मङ्सिर २४ गते सोमवार

फागनु २४ गते घोराहीलाई बालमैत्री नगर घोषणा गरिने



१० फागुन,घोराही – घोराही उपमहानगरपालिकालाई यही फागुन २४ गते बालमैत्री नगर घोषणा गरिने भएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा बालमैत्री घोषणा कार्यक्रमको समिक्षा तथा तयारी बैठकले उक्त निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरलाई अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसर पारेर फागुन २४ गते बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको हो ।

बालमैत्री अभियानमा सबै लागि परौ, बालबालिको अधिकारको संरक्षण गरौ भन्ने नाराका साथ थालिएको अभियान अन्तरगत सबै सूचकहरु पुरा हुदै गर्दा नगरलाई बालमैत्री नगर घोषणा गर्न लागिएको शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिनुभयो ।

त्यसका लागि यही फागुन १५ र १६ गते विभिन्न सरोकारवाला निकायका प्रतिनिधीहरु सहितको टोलीले संयुक्तरुपमा अनुगमन गर्ने समेत बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाल अधिकारलाई अभिभाबक, परिवार, समाज र स्थानिय सरकारले कार्यान्वयनमा प्रतिबद्ध हुनु सामाजिक विकासको बलियो आधार भएको बताउनुभयो ।

त्यसैगरी, नगर प्रमुख चौधरीले गर्भ अबस्था देखी नै बालबालिकाको अधिकार सुरक्षित गराउने सवालमा स्थानिय सरकारले सचेतना जगाउने काम गरेको उल्लेख गर्नुभएको छ । बालश्रमको अन्त्य, अनिवार्य शिक्षा, बालबिबाह न्यूनिकरण, बालमैत्री कार्य व्यवहार, मनोरन्जन लगाएतका क्षेत्रमा उल्लेख्य सुधार ल्याएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्