२०८१ चैत्र १० गते आइतवार

२ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ



१० फागुन,डडेल्धुरा । बालिका बलात्कारको आरोपमा डडेल्धुरामा एक जना शिक्षक पक्राउ परेका छन् ।

गन्यापधुरा गाउँपालिका– ४ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कक्षा २ मा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जानकारी दिए ।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्