२०८१ माघ ५ गते शनिवार

दाङका चौधरीको हत्या गर्ने तीन जना पक्राउ



९ माघ,घोराही । दाङमा  चिरपटले टाउकोमा प्रहार गरि हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत विहिवार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को मोतिलाल चौधरीको आफ्नै घर अगाडि मकैबारीमा दाउराको चिरपटले टाउकोमा प्रहार गरि हत्या गर्ने सोहि वडाका ४८ बर्षिय मनिराम चौधरी, ३८ बर्षिय धन बहादुर चौधरी र ३३ बर्षिय मोतिलाल चौधरी गरी तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीहरुले चौधरीको हत्यागरि कुलोमा फालेका थिए । घटनाको अनुसन्धान गदै जाँदा उनीहरुले पुरानो रिसईवीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्