२०८१ माघ ४ गते शुक्रवार

सार्वजनिक सवारी साधान सञ्चालनमा रोक



६ पुस,घोराही –दाङमा ट्राफिक प्रहरीले दुख दिएको भन्दै यातायात व्यवसायिले काउन्टर बन्द गरेर सार्वजनिक सवारी साधान सञ्चालनमा रोक लगाएका छन् । जसले गर्दा गन्तब्यमा हिडेका सयौँ यात्रु मारमा परेका छन् ।

घोराही तुलसीपुर सडक खण्डमा ट्राफिक प्रहरीले बसमा यात्रु उभ्याएको भन्दै जरिवाना गरेपछि यातायात व्यवसायि अन्दोलित भएका हुन । जसले गर्दा सोमबार दिउँसो साढे ३ बजेदेखि घोराही तुलसीपुर सडक खण्डमा बस सञ्चालन भएको छैन ।

अहिले यातायात व्यवसायी र प्रहरीबीच छलफल भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्