६ पुस,घोराही – दाङको एक सामुुदायिक बाल अस्पताल आर्थिक अभावका कारण ४ बर्ष देखी बन्द रहेको छ । घोराही उपमहानगरपालिका १६ सर्रामा स्थापना भएको सामुदायिक बाल अस्पताल आर्थिक अभावका कारण बन्द रहेको हो ।
भारतीय दूतावासको सहयोगमा २०६६ सालमा ६६ लाख रुपैयाँ खर्च गरेर ११ कट्ठा जग्गामा बनाईएको दुई तले अस्पताल भवनको मुख्य गेटमा ताला लागेको ४ बर्ष भएको छ ।
एक्सरे र ल्याबसहित १० बेडको अस्पताल आर्थिक अभावकै कारण सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जस्का कारण लाखौँ मूूल्यका उपकरणहरु विग्रने अबस्थामा रहेका छन् । केही बर्ष प्रहरी बसेको भवनमा अहिले विद्युतको लाईन समेत काटिएको छ ।
उक्त भवनमा करिब सात वर्ष प्रहरी बस्दा एक लाख २५ हजार रुपैयाँ बराबरको विद्युत महसुल तिर्नुपर्ने भएको थियो । तर उक्त पैसा नतिर्दा अहिले विद्युुत प्राधिकरणले लाईन काटेको समितिको भनाई छ । उता प्रदेश र स्थानिय सरकारले भने अस्पतालको सबै सम्पत्ति हस्तान्तरण गरेमा सन्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् ।।