२०८१ मङ्सिर २४ गते सोमवार

महिलाको भित्री लुगामा लुकाइएको ३.८५ किलो सुन बरामद



६ पुस, काठमाडौं :

तस्करहरूले सामान ओसारपोसारका लागि अनेक उपाय गर्छन्, त्यसमा पनि बहुमूल्य धातु सुनको तस्करी गर्दा त झनै सचेत हुनुपर्ला ।

भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा मुम्बई भन्सारकी एयर इन्टेलिजेन्स युनिटले केन्याबाट आएका १८ महिलालाई रोकेर जाँच गर्दा सुन फेला परेको छ । ती महिलाबाट ३.८५ किलोग्राम सुन फेला परेको जनाइएको छ ।

द इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार महिलाहरूले आफ्ना भित्री लुगाभित्र पनि सुन लुकाएका थिए । भित्री लुगामा लुकाएर सुन तस्करी गर्ने तरिका देखेर प्रहरी नै चकित परेका छन् । सबै महिला एकै फ्लाइटमा मुम्बई आएका थिए ।

सुन फेला परेकामध्ये १७ महिलाले निर्धारित मापदण्डअनुसार नै सुन ल्याएकाले छाडिएको छ भने बढी सुन ल्याउने १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । तर अवैध रूपमा आयात गरिएको सबै सुन बरामद गरिएको छ ।

आर्थिक रूपमा कमजोर रहेका महिलाहरूले केन्याबाट सस्तोमा सुन ल्याएर मुम्बईमा महंगोमा बेचेर पैसा कमाउन खोजेको देखिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्