२०८१ माघ १२ गते शनिवार

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन



६ पुस, काठमाडौं :

संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ ।

एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो । संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।

गठबन्धनको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानदेखि नै बानेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्