६ पुस,घोराही- जापानमा मंगलबार यसअघि सजाय सुनाइएका तीनजना कैदीलाई मृत्युदण्ड दिइएको छ। जापानी समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री फुमिओ किशिडाको कार्यकालमा पहिलोपटक कसैलाई मृत्युदण्ड दिइएको हो।
यसअघि अन्तिमपटक सन् २०१९ को डिसेम्बरमा जापानमा मृत्युदण्ड दिइएको थियो। एएफपीका अनुसार जापानको न्याय मन्त्रालयले भने तीनजनालाई मृत्युदण्ड दिइएको समाचारको पुष्टि गरेको छैन।
प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार