६ पुस, देउखुरी दाङ-
राप्ती गाउँपालिकाको पाँचौ कार्यपालिका बैठकबाट पछिल्लो समसामयिक विषयमा निर्णय गरिएको छ ।
यस आर्थिक वर्ष २०७७।०७८ को पाँचौ बैठकले ११ विषयमा ब्यापक छलफल गर्दै नागरिक हिताए निर्णय गरेको हो ।
गाउँकार्यपालिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको बैठकले सुरक्षित आवास कार्यक्रम, गाउँपालिकाका वडा हरुमा पार्क निमार्ण, सिसहनियाको १५ सौँयाको अस्पतालको नाममा जग्गा प्राप्ती गर्न नेपाल सरकारलाई सिफारिस, स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजनाहरु, कर्मचारी तथा जनप्रतिनिधिको सवारी साधन फिर्ता लगायतका विषयमा छलफलका साथ निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनु भएको छ ।
कार्यालयका प्रमुख तथा शाखा प्रमुख समेत सहभागी हरेको बैठकले स्थायी राजधानी व्यवस्थापन समन्वय समितिको निर्णय कार्यान्वयन, सुत्केरीलाई उपाध्यक्ष कोशेली कार्यक्रम, लद्यु उद्यम विकास कार्यक्रम सञ्चालन, भालुवाङ नगर विकास समितिमा सदस्य मनोनयन र विद्यालय रङ रोगन तथा मर्मत विषयमा छलफलका साथ निर्णय गरिएकोे छ ।
प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार