२०८२ बैशाख १० गते मङ्गलवार

योग्यता पुगेका स्वास्थ्यर्मीले स्तरवृद्धिका लागि कागजपत्र पेश गर्नुपर्ने



६ पुस,काठमाडौं – स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको स्तरवृद्धिका लागि ०७७ पुस मसान्तसम्म योग्यता पूरा भएका छैटौं तहका स्वास्थ्यकर्मीको आवश्यक कागजपत्र पेश गर्न अनुरोध गरेको छ।

विभागले स्वास्थ्य सेवा ऐन २०५३ को दफा -९ बमोजिम स्वास्थ्यकर्मी स्तरवृद्धिका लागि कागजपत्र पेश गर्न अनुरोध गरेको हो।

स्तरवृद्धि हुने अवधि भन्दा अघिल्लो दुई आर्थिक वर्षको कार्यसम्पादन मूल्याकंन संकलन राखी कागजपत्र पेश गर्न विभागले आग्रह गरेको हो।

कार्यसम्पादन मूल्यांकनका आधारमा स्तरवृद्धि थप सरल, छिटोछरितो र प्रभावकारी बनाउन सहज हुने भएकाले कार्यसम्पादन मूल्यांकनसँगै पेश गर्न विभागले आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्