२०८१ माघ १२ गते शनिवार

दाङमा मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द गर्न प्रशासनलाई पत्रचार



५ मंसिर, दाङ –
दाङमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गराउन स्थानिय प्रशासनलाई पत्रचार गर्ने निर्णय भएको छ । जिल्ला अनुगमन समितिको आयोजनामा आज घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा अवैध रुपमा संचालन भईरहेका क्रसर उद्योगहरु बन्द गराउनका लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय भएको छ ।

जिल्ला अनुगमन समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानिय पालिकाका प्रमुख तथा प्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यसअघि अनुगमन समितिको गत भदौ २९ गते बसेको बैठकको निर्णय अनुसार अनुमति र उद्देश्य विपरित संचालन भएका क्रसर उद्योगहरुलाई बन्द गर्न भनेर पत्रचार गरिएको थियो । तर हाल सम्म पनि ती अवैध उद्योगहरु बन्द नभएकाले तत्काल बन्द गराउनका लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय भएको छ । यस्तैगरी नदीजन्य पदार्थ ठेक्काको सुचना प्रकाशित गरी ठेक्का नलगाएका पालिकाले नदीजन्य पदार्थ कार्यविधि २०७५ अनुसार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

जिल्लामा देउखुरी क्षेत्रका पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग, पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग, तुलसीपुर क्षेत्रमा सञ्चालन हुँदै आएका के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्राली, गणेश बालुवा वासिङ उद्योग, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग मापदण्ड विपरित संचालन हुदै आएको पाईएको छ ।

ती उद्योगले बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएको पाईएपछि प्रशासनले समेत यस अघि बन्द गर्न आग्रह गरेको थियो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्