५ मंसिर,घोराही –
नेकपा एमालेको १० दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत बन्ने चर्चा चलिरहेका बेला उपाध्यक्ष रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको हो ।
रावलले आज पत्रकारसम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीलाई विधि, पद्दति र लोकतान्त्रिक तवरबाट सञ्चालन गर्ने रावलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रावलले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताउनुुभयो । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावल असन्तुष्ट रहदैआउनुभएको छ । ९ औं महाधिवेशनमा रावल माधव नेपाल पक्षबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।।