५ मंसिर, घोराही –
दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा २ जना र विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणबाट २ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाका ३ जना महिला र तुलसीपुर उपमहानगरपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज दाङका १३ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका ६ जना, राप्तीका ३ जना, गढवाका २ जना, बबई र लमहीका एक/एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३४ रहेकोे छ । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने ३० जना घरमै रहेको केन्द्रले जनाएको छ ।।