२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा राहदानी सिफारिस बन्द



५ मंसिर,घोराही –
दाङमा राहदानी पासपोर्ट सिफारिस बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले आज आइतवार सूचना प्रकाशन गर्दे सिफारिस बन्द गरिएको जानकारी गराएको हो । देश व्यापी रुपमा विद्युतीय राहदानी ‘इ–पासपोर्ट’ जारी गर्नका लागि आवश्यक तयारी भैरहेकाले हाललाई सिफारिस बन्द गरिएको हो ।

अत्यन्त जरुरी भई कारण र प्रमाण सहित आएका सेवा ग्राही बाहेक अन्य राहदानी द्रुतको सिफारिस र साधारण राहदानीको फारम संकलन गर्ने कामलाई स्थिगित गरिएको सूचनामा उल्लेख छ । यही आर्थिक वर्ष २०७८ मंसिर एक गतेवाट काठमाडौँ उपत्यका बाट विद्युतीय राहदानी सुरुवात भैसकेको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्