२०८२ बैशाख १८ गते बुधवार

तुलसीपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि



६ मंसिर । शनिबार तुलसीपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्य थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताएका छन ।

संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का ४ जना, वडा नम्बर १२ का एक जना, वडा नम्बर १५ का एक जना, वडा नम्बर १७ का दुई जना, वडा नम्बर १८ का एक जना र वडा नम्बर १९ का एक जना रहेका छन ।

योसंगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । कोरोनाबाट १० जनाको ज्यान गएको छ भने संक्रिय संक्रमितको संख्या २ सय १४ रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्