२०८१ चैत्र ११ गते सोमवार

जाडोमा स्वास्थ्य रहन थाहा हुनै पर्ने यी ५ टिप्सहरु



जाडोको मौसम स्वास्थ्यलाई सुधार गर्नको लागि एकदमै उत्तम समय मनिन्छ । मौसम परिवर्तन हुने वित्तिकै हाम्रो शरीरलाई फिट राख्न हामीले खानामा पनि केही परिवर्तन गर्न जरुरी छ। यो मौसम स्वास्थ्य सचेत रहने व्यक्तिका लागि झन चुनौतीपूर्ण रहन्छ। चिसो मौसममा व्यायाम गरेर तपाईको शरीरलाई फुर्तिलो बनाउन महत्वपूर्ण छ, साथ साथै यस्तो आहार जसको सेवन कम मात्रामा भएपनि शरीरलाई प्रशस्त मात्रामा क्यालोरी दिनेहोस्।

यदि जाडोमा तपाई खानाको बारेमा कन्फ्युज हुनुहुन्छ भने, यो जाडोमा कम क्यालोरीयुक्त खानाको साथै कम फ्याट भएको खाना कसरी कुन खानामा पाइन्छ भन्ने बारे  जानकारी पाउन तल पढ्नुहोस् :

१) जाडोमा सेवन गर्ने खाना (आहार) : यस मौसममा तपाईको शरीरबाट थकान र अल्छी पना हटाएर दिनभर उर्जाले भरिपूर्ण हुनको लागि आहार चार्ट अर्थात डाइट प्लानलाई फलो गर्न जरुरी छ ।

२) सुपर ब्रेकफास्ट (बिहानको खाजा): बिहानको ब्रेकफास्टले हामीलाई तत्काल उर्जा दिन्छ। बिहानको खाजाको लागि, तपाई रोटी, स्यान्डविच, फलफूल आदि खान सक्नुहुन्छ। बिहानको खाजामा एक गिलास तातो दुध पिउन नबिर्सनुहोस्। एक प्लेट एक्सट्रा फलफूल वा सलादले तपाईको बिहानको नास्तालाई कम्प्लिट गर्छ ।

३) विशेष खाजाको सेवन ः खाजामा तपाईले हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासंगै भएको दाल र भात, दालको तातो सूप खान सक्नुहुन्छ। यसमा हरियो चटनी जस्तै धनियाले खानामा मल्टिभिटमिनको अभाव पनि पूरा गरिदिन्छ ।

४) स्वादिष्ट डिनर(रातीको भोजन): जाडोमा डिनर सकेसम्म छिटो खाने बानी बसाल्नुहोस्। रात्रीको खाना तपाईको खाजा भन्दा हल्का हुनु जरुरी छ, यसलाई ध्यानमा राख्नुहोस् ।  राती, तपाइँले खिचडी जस्तो हल्का खाना खानु सबै भन्दा उत्तम मानिन्छ ।

५) सुत्नु भन्दा कम्तिमा ४ घण्टा अघि खानाले शरीरमा खाना पचाउन सहयोग गर्दछ। सुत्नु अघि, एक गिलास तातो दुधमा बेसार, नुन र अदुवाको पेस्ट मिक्स गरेर पिउनुहोस् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्