६ मंसिर । दाङमा ट्याक्टरलाई स्कारपियोले ठक्कर दिँदा एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा सनिबार बिहान पौने ११ बजे स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् । घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।
लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा१त १२६३ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको हो । स्कारपियोको ओभर स्पिडका कारण दुर्घटना निम्तिएको प्रत्यक्ष दर्शीले बताए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार