एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ।
सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ। काँचो आपको अचार खान बाट बच्नुहोस्। रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ।
अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ। शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ। शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।
जीवनमा सफलता पाउन शनिबार के गर्ने रु
हिन्दूधर्म दर्शन तथा वास्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दिशा, बार, ग्रह आदिको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिष विज्ञान तथा वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।
कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन। मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्। उत्तर एवं पूर्वबाट अग्निको सामान हटाएर दक्षिण(पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्।
दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ। सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ। विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्। हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।
दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ। दक्षिण(पूर्व कोणमा बस्दा मान(सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ। दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ। शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।