४ कात्तिक, घोराही –
दाङमा अविरल बर्षातका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सवै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान केन्द्र दाङले गत असोज ३१ गते देखीको अविरल बर्षातले कृषि बाली अन्र्तगत विशेषगरी धानबालीमा भएको क्षति वा असरको एकिङ विवरण संकलन गरी पठाउन पत्राचार गरेको छ । केन्द्रका निमित्त प्रमुख रुद्रमणि पौडेलले जिल्लाका सवै पालिकालाई बुधवार पत्राचार गरिएको जानकारी दिनुभयो । जिल्लाका दश वटै पालिकाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फम्र्याट ९फारम० सहित पत्राचार गरिएको उहाले जानकारी दिनुभयो ।
सम्वन्धित पालिकाले पठाएको विवरण लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा पठाउने उहाले जानकारी दिनुभयो । उहाका अनुसार स्थानिय तह, धानको क्षेत्रफल (हेक्टर), सुरक्षित हार्भेष्ट भएको क्षेत्रफल वा प्रतिशत, काटिएको धान बगाएको क्षेत्रफल वा प्रतिशत, धान ढालेर भएको क्षेत्रफल वा प्रतिशत र काटिएको धान डुवाएको क्षेत्रफल जस्ता विवरण फारममा उल्लेख गर्नुपर्नेछ । यता तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख धनराज गौतमले कृषि ज्ञान केन्द्रले पठाएको पत्र आफुहरुले प्राप्त गरेको जानकारी दिनुभयो ।।