४ कार्तिक,घोराही –
दाङमा भाइले धारीलो हतियार प्रहार गर्दा दाई गम्भिर घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर १ नयाँ बस्ती निबासी ३० वर्षिय लिला बहादुर वलीले आफ्नै दाई ३८ बर्षिय देब बहादुर वलीलाई धारीलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार गएराति करिब १० बजे घरायसी विवादमा भाइले दाईलाई धारीलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते भएका देबबहादुरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । धारीलो हतियार प्रहार गर्ने लिलाबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।।