४ कार्तिक,घोराही –
दाङमा लेनदेन मुद्धाका फरार एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ । २०७३ साल साउन २३ गते लेनदेन मुद्धामा १ वर्ष कैद सजाय फैसला भई फरार हुँदै आएका महिलालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ३७ वर्षिय मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
साथै उनलाइ आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको उहाँको भनाई छ । यसैगरी जवरजस्ती करणी मुद्धाका फरार एक व्यक्ति प्रक्राउ परेका छन् । २०६० साल कार्तिक दुई गते जवरजस्ती करणी मुद्धामा सात वर्ष ११ महिना आठ दिन कैद फैसला भई परार रहेका व्यक्ति प्रक्राउ परेका हुन् ।
प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी ३४ वर्षिय धन बहादुर वली रहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ । प्रक्राउ परेका ति व्यक्तिलाई दाङ देउखुरी जिल्ला अदालतमा आजै बुझाइएको उहाँले जानकारी दिनुभएको छ ।।