४ कार्तिक,घोराही –
दाङमा १ लाख बढीले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले ४५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार व्यवसायी, बैदेशिक रोजगारमा जाने व्यक्तिसँगै १८ वर्ष पूरा भएका कक्षा १२ को परीक्षा दिने विद्यार्थी तथा विश्व विद्यालयमा परीक्षा दिने विद्यार्थीलाई खोप लगाएको थियो ।
जसअन्तरगत दाङका यि सबै गरी १ लाख ५ हजार ५ सय ५२ जनाले पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । जिल्लामा पहिलो मात्रा मात्र खोप लगाउने संख्या १ लाख २९ हजार ४ सय १२ रहेको छ ।
यसैबिच नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन् ।।