२०८१ माघ ५ गते शनिवार

उपत्यकामा थपिए ३ हजार १०७ जना कोरोनाभाइरस संक्रमित



५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। जसमध्ये उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार २० हजार ११८ जनाको पीसीआर परीक्षण गर्दा कुल ५ हजार ७४३ जना संक्रमित भेटिएकोमा आधाभन्दा बढी उपत्यकामै संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार, देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्