५ कार्तिक । राष्ट्रपति विद्या भण्डारीले दशैं खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुहुने भएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दशैं भत्ताबापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। त्यस्तै प्रदेश सरकारका प्रतिनिधिले पनि दशैं खर्च नलिने बताएका छन्।
प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार