२०८१ मङ्सिर २५ गते मङ्गलवार

महालक्ष्मी विकास बैंक र विद्यानिलकण्ठ मा.वि बिच शिक्षण शुल्कमा छुट दिने सम्झौता



५ असोज,घोराही –
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई शैक्षिक सुविधा प्रदान गर्ने हेतुले घोराही १५ मा रहेको विद्यानिलकण्ठ माध्यमिक विद्यालय प्रा.लि सँग सम्झौता गरेको छ । आज गरिएको उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंङ्किङ्ग सुविधा प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी र उहाँहरुका सन्ततिले विद्यालयमा पढाउँदा कक्षा प्लेग्रुप देखि कक्षा १२ सम्म मासिक शिक्षण शुल्कमा छुट पाउने भएका छन् ।
बैंकका घोराही शाखा प्रबन्धक हरि भट्टराई  र विद्यालयका प्रधानाध्यापक रामजनम चौधरी ज्यूले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार बैंकका ग्राहक वर्गले आफ्नो र आफ्ना सन्ततिको मासिक शिक्षण शुल्कमा १० प्रतिसत छुट पाउनु हुनेछ ।

त्यस्तै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले स्कुलको मासिक शिक्षण शुल्कमा १० प्रतिसत छुट प्राप्त गर्न सकिने बैंकले बताएको छ ।
यसैगरि देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएका बैंकले विशेषगरी दाङ जिल्लाका ग्राहक वर्गहरुले विद्यानिलकण्ठ माध्यमिक स्कुल प्रा.लि बाट शैक्षिक सुविधा लिँदा मासिक शिक्षण शुल्कमा छुट प्राप्त गर्नेछन् । त्यसका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड र मोबाइल बैंङ्किङ्ग सुविधा लिनु पर्नेछ ।

बैंकले आगामी दिनहरुमा उक्त विद्यालयसँग सहकार्य गर्दै जाने र विद्यार्थीहरुलाई बैंङ्किङ्ग प्रशिक्षणमा सहभागी गराउने सहमति समेत गरेको छ ।।

 

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्