५ असोज,घोराही –
नेपालमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमित थपिनेको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ । एक साताअघि ३२ जिल्लामा सक्रिय संक्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय संक्रमित छन् ।
देशभरका ४७ जिल्लामा शून्य संक्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ रहेको छ । संक्रमणदर घट्यो भनेर लापरबाहरी नगर्न संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले सबैलाई आग्रह गर्नुभयो ।
गतवर्षझैँ यो वर्ष पनि भदौ अन्तिम हुँदै असोज लाग्दै गर्दा कोरोना संक्रमणको दरमा कमी आएको थियो । यो वर्ष पनि उस्तै अवस्था देखिएकाले चिकित्सकहरूले सावधानी अपनाउन भनेका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या साढे ७ लाख नाघेको छ ।।