२०८१ चैत्र १० गते आइतवार

घोराही सिमेन्टको विद्युत् बक्यौता एक अर्ब १३ करोड



५ असोज,घोराही – 
घोराही सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताउनुभयो ।

उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड लाइनको बक्यौता रकम बाँकी रहेको उहाँको भनाई छ । उद्योगले डेडिकेटेड लाइन जडान गरेदेखि नै शुल्क तिरेको छैन । देशभरीकै उद्योगहरूमा यस्तो समस्या भएकाले लाइन काट्न केन्द्रको निर्देशन पर्खिरहेको उहाँको भनाइ छ ।

यस्तै घोराही सिमेन्ट उद्योगले भने अस्वभाविक रुपमा शुल्क तोकिएपछि तिर्न नसकेको जनाएको छ । आफैले लगानी गरेर विद्युतको डेडिकेटेड लाइन ल्याएको उद्योगका अमर सुवेदीले बताउनुभयो । उद्योगले अहिले पनि मासिक ३–४ करोड रुपैयाँ नियमित विद्युत् शुल्क तिरिराखेको उहाँको भनाई छ । अदालतको निर्णय आएपछि बक्यौता रकमको निर्णय लिन सकिने उहाँले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्