५ असोज, घोराही –
मौसम परिवर्तनसंगै दाङका अस्पतालहरुमा श्वासप्रश्वास सम्बन्धि समस्या भएका बालबालिकाको संख्यामा वृद्धि भएको छ । केही दिन यता सरकारी अस्पताल तथा निजी क्लिनिकहरुमा श्वासप्रश्वासमा समस्या भएका बालबालिकाहरुको संख्यामा वृद्धि भएको हो ।
अहिले २ महिनादेखि दुईबर्ष उमेर समूहका बालबालिकामा यस्तो खालको समस्या धेरै देखा परेको तुलसी बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले जानकारी दिनुभयो । श्वासप्रश्वास बाहेक बालबालिकाहरुमा रुघा खोकी, ज्वरो, भाईरल निमुनिया, पखाला, जन्डिस, टाईफाईड, डेङ्गु, मलेरियाजस्ता समस्या भएका बालबालिकाहरु अस्पतालमा बढि आउने गरेको डा. खत्रीले जानकारी दिनुभयो ।
करिव एक महिनादेखि बालबालिकाहरुमा यस्ता खालको समस्या देखा परेको उहाँको भनाई छ । अहिले अस्पतालमा उपचारका लागि आउने ८० प्रतिशत बालबालिकामा यस्तो खालको समस्या रहेको खत्रीको भनाई छ ।।