२०८२ बैशाख १२ गते बिहिवार

सात महिनामा एक लाख ३० हजारबढीलाई खोप



 ५ असोज, दाङ –
दाङमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या डेढ लाख पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत फागुनदेखि शुरु गरिएको कोभिडविरुद्धको खोप अभियानमा बितेको सात महिनामा एक लाख ३० हजारबढीले खोप लगाएका छन् ।

कुल जनसंख्यामध्ये ३४ प्रतिशतलाई खोपको पहुँच पुगेको देखिन्छ । स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन भानुज्योति ओलीका अनुसार दाङमा बितेको सात महिनामा कोभिडशिल्ड र एष्ट्रेजेनेका ४० हजार नौ सय २८, भेरोसेल ५५ हजार दुई सय ४१ र जोन्सन एण्ड जोन्सन खोप ३४ हजारबढीलाई लगाइएको छ ।

दाङमा फागुनको अन्तिम सातादेखि शुरु खोप अभियानमा विभिन्न चरणमा गरी जिल्लामा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधिलाई खोप लगाइएको छ भने ५० वर्षमाथि उमेर समूहकालाई पनि खोप लगाइएको ओलीले बताउनुभयो ।

हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एष्ट्राजेनेका खोप लगाइएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार गत भदौ २७ देखि २८ गतेसम्म कक्षा १२ का परीक्षा दिने विद्यार्थीहरुलाई खोप लगाइएको थियो ।।

 

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्