२०८१ माघ ७ गते सोमवार

सल्यानका धान खेतीमा रोग लाग्यो



५ भदौ,घोराही –
सल्यानका विभिन्न स्थानमा रोपिएको धानमा खैरो थोप्ले रोग देखा परेको छ । जिल्लाको शारदा नगरपालिका ९ बागचौरमा किसानहरुले करिब ३ सय ५० रोपनी क्षेत्रफलमा लगाएको बर्षे धान मध्ये करिब १ सय ५० रोपनीमा खैरो थोप्ले रोग देखा परेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

करिब ४० घरधुरीले लगाएको धानमा यस्तो रोग देखिएको हो । स्थानीय किसानले धानमा रोग देखा परेको गुनासो गरेपछि कृषि विकास कार्यालयको टोलीले स्थलगत अवलोकन र रोगी बिरुवाको नमूना संकलन गरेको थियो ।

त्यसपश्चात दुसीबाट उत्पन्न हुने धानमा खैरो थोप्ले रोगको प्रकोप भेटिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । किसानहरुले धेरै वर्षदेखि बीउ परिवर्तन नगरेर एउटै बीउ रोप्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्