२०८१ जेष्ठ ३० गते बुधवार

टरिगाउँ एयरपोर्टमा इन्धन डिपोको संरचना तयार



५ साउन,घोराही – 
दाङको टरिगाउँ विमानस्थलमा ६८ वर्षपछि इन्धन डिपो संचालनमा आउने भएको छ । विमानस्थलमा अहिले डिपो स्थापनाका लागि भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

३० हजार लिटर हवाई इन्धन अट्ने क्षमताको इन्धन डिपो स्थापनाको काम अन्तिम चरणमा पुगेको हो । गतवर्ष साउनमा सम्झौता भई निर्माण शुरु भएको काम असारको अन्तिममा निर्माण पुरा भएको हो ।

डिपोमा बन्डेड ट्यांक, भवन निर्माण लगायतका आवश्यक पूर्वाधार निर्माणको काम लगभग सकिएको निर्माण पक्षले जानकारी गराएको नेपाल आयल निगमको इन्जिनियर विभागका निर्देशक सुरज शाहले बताउनुभयो ।

उहाँका अनुसार सम्झौता अवधिमै डिपो स्थापनाको काम सम्पन्न भएपनि प्राविधिक जाँचको काम अझै बाँकी रहेको छ । इन्धन डिपोको निर्माणको जिम्मा न्यू ड्राइभन एमसी फाल्गुनान्दले लिएको थियो । करिब डेढ करोड लागतमा डिपोको निर्माण गरेको हो ।।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्