२०८२ बैशाख ११ गते बुधवार

पश्चिम दाङमा बँदेल र बाँदरले नष्ट पारे मकैबाली



 

५ साउन, दाङ – पश्चिम दाङमा जंगली बँदेलका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका किसान जंगली बँदेल र बाँदरले अन्नबालीमा क्षति पु¥याएपछि मारमा परेका हुन् ।

शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसान दर्जनौँको संख्यामा आउने जंगली बँदेलले मकैबाली नष्ट गरेको छ । किसान पछिल्लो समय जंगलमा बँदेलको संख्या बढ्दा यसरी गाउँमा आएर बाली नष्ट गरिदिएको बताउँछन् ।

यस्तै पछिल्ला केही वर्षयता पश्चिम दाङका बबई, शान्तिनगर, दंगीशरणका केही वडामा जंगली बँदेलले अन्नबाली नष्ट पार्दै आएका छन् । यस्तै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलइमा पनि जंगली बँदेल र बाँदरले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको स्थानीयहरुको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज भएपछि जंगलमा जंगली जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबालीमा सखाप पार्ने गरेको स्थानीय प्रेम पुनले बताउनुभयो । उहाँका अनुसार गाउँमा करिब ३ सय घरधुरी रहेको र सबैले बारीमा लगाएको अन्नबाली प्रत्येक वर्ष जंगली जनावरले नष्ट गरेका छन् ।।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्