२०८२ बैशाख १० गते मङ्गलवार

बुलझुण्डी अस्पतालमा उपचाररत दाङका एक जनाको मृत्यु



७ असार, घोराही–
दाङमा गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
उहाँको कोरोना विशेष अस्पताल बुलझुण्डीमा उपचारको क्रममा मृत्युभएको हो । उहाँमा गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज मृत्युभएका एक सहित जिल्लामा बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९८ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्