७ असार,दाङ–अपरण गरी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ७ कमानपुरको जंगलमा तीन जनाको समुहले दुई महिलालाई अपहरण गरेर जंगलमा लगि लुटपाट र जवरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।
घटनामा संलग्न मध्यका एक किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुई जनाको खोजी जारी रहेको छ । सम्राट सिमेन्ट उद्योगबाट आउदै गरेको रा १ ख २४१९ नम्बरको टिप्परलाई रोकेर त्यसमा रहेका चालक र सहचालकलाई रुखमा बाँधी चालकको श्रीमती र सालीलाई अपहरण गरेर जंगल तर्फ लगेको बयान दिएका छन् ।
तरवार सहित रहेका तीन जनाले चालक र सहचालकमाथी कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न माथी अपहरण, लुटपाट, जवरस्ती करणीगरी चार ओटा मुद्धा चलाउने भएको छ ।।
के भन्छन पिडित ?
घटना आइतवार राती करिब साढे १० बजे तिरको हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए । श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए ।
टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए । हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर निहुँ खोज्दै हातपात गर्न शुरु गरे । म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्रतिकार गर्न सक्ने हिम्मत आएन । शुरुमा उनिहरुले मेरो श्रीमती र दिदी सासुको सल तानेर रुखमा बाँधि दिए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे । मलाई रुखमा बाधि सकेपछी दिदी सासू र श्रीमतीलाई हातपात गर्दै जबर्जस्ति गरे । जति रोएकराए पनि पापिहरुले छोडेनन ।
तिर लमही नगरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने जङ्गलमा तीन जनाको समूहले सम्राट सिमेन्ट बाट चुनढुङ्गा छोडेर फर्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक ओम प्रकाश विष्ट, उनकी श्रीमती र दिदी सासू सवार रहेका थिए ।
पिडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।