२०८१ माघ ५ गते शनिवार

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो



७ असार,घोराही –
बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।

पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।।

 

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्