२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा वितेको २४ घण्टामा २ जनाको मृत्य



७ जेठ,घोराही-
दाङमा वितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा तुलसीपुर र राप्ति गाउँपालिकाका १/१ जना कोरोनाका विरामी रहेका छन् । कोरोना बिशेष अस्पताल वेलझुण्डीमा उपचाररत तुलसीपुर १३ का ७३ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

यस्तै राप्ति गाउँपालिका वडा नंम्बर ५ का ५८ वर्षिय पुरुषको गाउँपालिकाले सञ्चालन गरेको आईशोलेशनमै मृत्यु भएको हो । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्