२०८१ जेष्ठ ५ गते शनिवार

पदमुक्त सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई



७ जेठ,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन्। अर्को व्यवस्था नभएसम्मका लागि सातवटै मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट प्रभु साह मणिचन्द्र थापा गौरीशंकर चौधरी र दावा लामा तामाङलाई  मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुको पुनःनियुक्ति संविधानसम्मत नभएको ठहर गरेको हो। अन्नपुर्णपोष्टबाट

 

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्