२०८१ भाद्र २९ गते शनिवार

नयाँ भेरियन्ट सहितको कोरोनाबाट सजग हुन प्रशासनको आग्रह



८ बैशाख,घोराही ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी दाङ सहित देशभर फैलिरहेको भन्दै यसबाट सचेत र सजग रहन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरणजिवी रानाले आज सार्वजनिक सुचना जारी गरेर घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको छ । यो अवधीमा बैकल्पिक शिक्षण सिकाई मार्फत पठनपाठन गराउन भनिएको छ ।

मेला ,महोत्सव, हाट बजार, लगाएतका भिडभाड स्थल बैशाख सम्म बन्द गर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, गाडीमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने, लगाएतका सुरक्षाका मापदण्ड पालना गर्ने , सरकारी तथा गैर सरकारी कार्यालयमा सेनिटाईजर र मास्क प्रयोग गर्ने लगाएतका विषयमा पालना गर्न अपिल गरिएको छ ।

यस्तैगरी दाङका होटेल तथा रेष्टुरेन्ट विहान ८ बजे देखि बेलुका ८ बजेसम्म संचालन गर्न पनि आग्रह गरेको छ । यदि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङघन गर्ने जो सुकैलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जारी सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्