२०८१ साउन ३ गते बिहिवार

कोरोनाबाट दाङका पत्रकार अधिकारीको मृत्यु



 ८ बैशाख,घोराही ।
कोरोना संक्रमणबाट दाङका थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका१७बेलभार निबासी ४० बर्षिय दामोदर अधिकारीको उपचारको क्रममा काठमाडौमा मृत्युभएको हो ।

केही हप्ता पहिले टाइफाइड देखिएपछि अधिकारीको पिसिआर परिक्षणमा चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो । झण्डै एक साता राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना भएका अधिकारीलाई समस्या बढ्दै गएपछि बैशाख ३ गते हेलिकप्टरबाट काठमाडौ लगिएको थियो ।

दिबंगत हुनुभएका अधिकारी नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य समेत हुनुहुन्थ्यो । अधिकारीले लामो समय गोरक्ष राष्ट्रिय दैनिकमा काम गर्नुभएको थियो । दिबंगत अधिकारी प्रति नेपाल पत्रकार महासंघ दाङले दुःख व्यक्त गरेको छ ।।

 

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्