२०८१ जेष्ठ ३१ गते बिहिवार

दलितले पाएको उपलब्धिलाई संस्थागत गर्न आवश्यक: नेपाली

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस


७ चैत, घोराही – जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले पाएको उपलब्धिलाई संस्थागत गर्न अब थप योजना बनाउन जरुरी रहेको बताएका छन । सोमबार ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले आयोजना गरेको “सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख नेपालीले वर्गीय समस्याले समाजमा विद्यमान विभेद चिर्न समतामुलक समाजको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्काेतिर उनले दलितभित्रको विभेद हटाउन समेत दलित समुदाय जागरुक हुनुपर्ने बताएका हुन । प्रमुख अतिथी समेत रहेका नेपालीले वर्गीय रुपले दलित समुदायलाई माथि उठाउन गैर दलितले कति भुमिका खेले भन्ने महत्पुपर्ण पाटो भएको भन्दै आरक्षणले मात्रै नपुग्ने दलित समुदायलाई विशेषाधिकार दिनुपर्ने बताए । सदियौदेखि हात खुट्टा बाँधिएर राखिएका दलितले अरु सरह प्रतिष्पर्धा गर्न नसक्नेमा नेपालीले जोड दिए ।

संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले अव दलित समुदालय जातभन्दा माथि उठ्नुपर्ने तर्फ राखे । उनले म बाट हामीमा सोच बदल्नु पर्ने तर्क राखे । प्रेस काउन्सिल नेपाल सदस्य शरद अधिकारीले विभेदजन्य काम बिस्तारै हट्दै गएको भन्दै जातीय भन्दा पनि वर्गीय विभेद बढ्न थालेको बताए । ५ प्रतिशत मानिससँग ९५ प्रतिशत मानिस बराबर सम्पत्ति भएको भन्दै अहिले वर्गीय विभेद बढेको बढेको बताए ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले राज्यमा सबैको पहुँच बढाउन संवैधानिक आयोग गठन भएको बताईन । अब सोच बदल्नु पर्ने भन्दै आरक्षणमा निम्न आए भएका दलितलाई प्राथमिकता दिनुपर्ने तर्क राखिन । जाल्पा सामुदायिक लघुवित्त लुम्बिनी प्रदेश प्रमुख पवन योगी, कानुन व्यवसायी गोपाल नेपाली, भुमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाई, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनलगाएले कायएक्रमा बोल्दै दलित र गैर दलित बिचको विभेद अन्त्य गर्न शिक्षा र चेतनाको विकासमा सबैले नेतृत्वदायी भुमिका खेल्न आवश्यक रहेको बताएका हुन । अहिले पनि टाठाबठा दलितले लाभ लिएर फाईदा उठाउने काम गरेपनि निमुखा दलित उपेक्षामा परेको बताए ।

अवस्था र व्यवस्थाका फरक पाटो नछुट्याएर एकै नजरले हेर्दा समाजमा दलित समुदाय थप पीडित बनेका छन् । दलित दलितबिचको विभेदले पनि यसमा नकारात्मक प्रभाव पारेको छ । वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन परियारले गरेका थिए ।।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्