२०८१ असार ३ गते आइतवार

घोराही बंगलाचुलीमा टिप्पर सञ्चालनमा आएनन्



७ चैत,घोराही-
मदन भण्डारी राजमार्ग अन्र्तगतको घोराही बंगलाचुली अवरुद्ध सडकखण्डमा आजदेखी टिप्पर संचालनमा आउने सहमति भएपनि संचालनमा आउन सकेको छैनन् । उक्त सडक कालोपत्रे नहुँदासम्म बाटो अवरुद्ध राख्ने स्थानीयले बताएका छन् ।

गत मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सरोकारवालाहरुसंग बैठक बसी विगत लामो समयदेखि अवरुद्ध रहेको सडक आजदेखि संचालनमा आउने सहमति भएको थियो ।

बैठकले मदन भण्डारी मार्गदेखि चुनढुंगा खानीसम्म जोड्ने ४ किलोमिटर पंहुच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालो पत्रे छिटो भन्दा छिटो सम्पन्न गर्नु पर्ने, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही(बंगलचुली सडकका अत्यावश्यक स्थान मध्य बढीमा ६०० किलोमिटर कालोपत्रे गर्नुपर्ने र सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्ने लगायतका निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिका प्रमुख भक्त बहादुर वली लगायतका सरोकारवालाहरुको उपस्थिती गत मंगलबार बैठक बसेको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्