२०८१ असोज १९ गते शनिवार

विपद् व्यवस्थापनका विषयमा घोराहीमा प्रदेशस्तरिय छलफल



८ चैत,घोराही ।
विपद् व्यवस्थापनका विषयमा आज दाङको घोराहीमा छलफल गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना एवं आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको समन्वयमा विपद्का घटनाहरु, क्षति र नोक्सानीका विषयमा छलफल गरिएको हो ।

लुम्विनी प्रदेशका विभिन्न ८ जिल्लाका सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का घटनाहरुबाट हुने क्षति न्यूनिकरण तथा व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानिय सरकारविचको सहकार्य बलियो हुनुपर्ने बताउनुभयो ।

सम्भाव्य विपद्हरुको जोखिम र त्यसले पु¥याउने क्षतिलाई आँकलन गरी सुरक्षा सतर्कता अपनाउनुपर्ने उहाँको भनाई छ । पूर्व तयारी र नागरिक सचेतना सँगै स्रोत साधनलाई तयारी अबस्थामा राख्नुपर्नेमा उहाँको जोड छ ।

दाङमा आर्थिक वर्ष २०७४/७५ यता अहिलेसम्म विभिन्न विपद्का घटनामा परि १ सय २८ जनाको मृत्यु भएको छ । पानीमा डुवेर ५२, बाढी पहिरो र आगलागीका घटनाबाट २४, सर्पको डसाईबाट १८, खोलाले बगाएर १४ जनाको मृत्यु भएको छ ।

यस्तै रुख तथा भीरबाट खसेर ११, करेन्ट लागेर ६ र औद्योगिक दुर्घटनाका कारण ३ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

दाङका स्थानिय तहहरुले विपद् व्यवस्थापनमा स्थानिय तहको अभ्यास र उपलब्धिका बिषयमा जानकारी गराएका थिए । बाढी पहिरोबाट हुने क्षतिलाई रोक्न तटबन्ध, बृक्षारोपण लगाएतका काम हुदै आएको र आगलागिका घटनाबाट बचाउन खरको छानो हटाएर टिन लगाउने अभियान सुरुवात गरिएको स्थानिय तहहरुले बताएका छन् ।।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्