२०८१ माघ २६ गते शनिवार

सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार,विपन्नको उपचारमा खर्च गर्न आग्रह



८ चैत,घोराही । मष्तिस्क घात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको आर्थिक सहयोग परिवारले अस्वीकार गरेको छ ।

नेता जोशी परिवारले उनको उपचारको लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने बताएको छ ।

जोशी परिवारले सरकारले दिन लागेको आर्थिक सहयोग नलिने घोषणा गर्दै उक्त पैसा विपन्न वर्गका लागि स्वास्थ्यउपचार गर्न आग्रह गरेको छ ।

पूर्व मन्त्री समेत रहेका जोशीले आर्थिक अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि अभियान चलाएका कारण त्यसैलाई निरन्तरता दिएको परिवारले बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्