२०८१ माघ १२ गते शनिवार

चुनढुंगा उत्खनन् गर्न लागिएको भन्दै स्थानीयको गम्भीर ध्यानाकर्षण




९ फागुन,घोराही -घोराही १९ सुनालीथान सामुदायिक वन उपभोक्ता समुहका नागरिकले आफुुहरु बस्दै आएको क्षेत्रबाट सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्ने अनुुमति लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वन समुुहले एक विज्ञप्ति जारी गर्दै वर्षौदेखि बस्दै आएको सो क्षेत्रमा उत्खनन् कार्य गर्दा हजारौँको जीवन र अस्तित्व नै खतरामा पर्ने भएकाले सो कार्य तत्काल रोक्न माग गरेका छन् ।

वन समुुहका अध्यक्ष जागेश्वर घर्ती ‘जगत’ले चुुनढुंगा उत्खनन् गर्दा जनजीवन प्रभावित हुने, पानीका मुुहान सुक्ने, धुुलो धुुवाँका कारण वनस्पति, घरपालुवा जनावरमा पनि असर पर्ने, उत्पादनमा ह्रास आउनेलगायत धेरै समस्या आउने हुुँदा यस्तो काममा रोक लगाउने आफुहरुले निर्णय गरेको हुँदा निर्णय कार्यान्वयनमा सहयोग गरिदिन सबैमा अपिल गर्नुभएको छ ।

स्थानीय नागरिकसति वन समुहका पदाधिकारीको एक टोलीले यसअघि घोराही १९ को वडा कार्यालय, घोराही उपमहानगरपालिका, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पनि सो समस्याको बारेमा जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुुझाइएको वन समुहका अध्यक्ष घर्तीले बताउनुुभयो ।

वडा नम्बर १९ को सातम, लिथान, मुपुल, दम्ती, दादागाउँ, पाँचपोखरी, गोठीवन लगायतका नागरिकलाई प्रभावित पार्ने गरी स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिले स्थानीयबासी र वडा कार्यालयबाट अनुुमति नलिई केन्द्रबाट अनुुमति र सिफारिस लिएको हुँदा आफुुहरु अन्यायको परेको उनीहरुको गुनासो छ ।

सो प्रालिले यसअघि २०७६ असार ३१ खानी तथा भुगर्भ विभागबाट अनुमति लिई घरेलु तथा साना उद्योग कार्यालय घोराहीमा सोही वर्षको कार्तिक १४ गते उद्योग दर्ता गराएको र वडाबाट कार्तिक ३ गते सिफारिस लिएको देखिएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्