२०८१ माघ १२ गते शनिवार

अवरुद्ध भएको घोराही–लमही सडक खण्ड खुल्यो



९ फागुन,घोराही –
विहान देखि अवरुद्ध भएको घोराही–लमही सडक खण्ड संचालनमा आएको छ । घोराही उपमहानरपालिका वडा नम्बर ३ भानपुर चोक नजिक भएको सवारी दुर्घटनामा परी सोही वडा बस्ने कुइरेपानीका १९ वर्षीय अर्जुन खड्काको ज्यान गएको थियो ।

मृतकको आफन्त र स्थानियले प्रहरीले आफन्तको स्वीकृति बिना नै मृतकको शव उठाएर लगेको र मोटरसाइकल सँगै ट्रक चालकलाई कार्वाही गर्नुपर्ने भन्दै नाराबाजी गर्दै लमही सडकखण्ड अबरुद्ध पारेका थिए ।

उनीहरुले पिडित परिवारलाई उचित राहत हुनुपर्ने भन्दै आफन्तले बाटो समेत बन्द गरेका हुन । सोही क्रममा प्रहरीले बाटो बन्द नगर्न आग्रह गर्दै गर्दा स्थानीयहरुले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गरेका थिए । त्यस्तै उक्त भिडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ बढी अश्रु ग्यास प्रहार गरेको छ ।
दुई वटा मोटरसाईकल र टिप्पर एक आपसमा ठोक्किदा रा २ प ८९२४ नम्बरको मोटरसाईकलमा सवार खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुुभयो ।

मृतक खड्काको शवलाई राप्ती प्रादेशिक अस्पताल घोराहीमा राखिएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्