२०८१ चैत्र १० गते आइतवार

रिपोटर्श क्लवमा व्यवसायीक स्वागत सम्मान कार्यक्रम

दुइ जना पत्रकारहरु पुरस्कृत


९ फागुन,दाङ ।
रिपोटर्श क्लव दाङले आयोजना गरेको व्यवसायीक स्वागत सम्मान कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्यसंघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद चालिसेले रात्रीकालीन बजार खोल्ने र वोर्ड राखेबाफत उपमहानगरपालिकालाई कर तिर्ने मुद्धालाई स्थानिय सरकारसंग समन्वय गरेर सम्वोधन गरीने बताएका छन् ।
तुलसीपुरमा रिपोटर्श क्लवले आयोजना गरेको व्यवसायी सम्मान कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष विमल रिजालले एकद्धार कर प्रणालिलाइ अवलम्वन गर्न राज्यलाइ दवाव दिनुपर्ने बताए । एउटा व्यवसायीले आफ्नो पशलको नामाकरण गरेकोमा पनि शुल्क लिने प्रदेश सरकार वा स्थानिय सरकारको कानुनलाइ व्यवसायीले स्वीकार गर्न अति कठिन भएको छ, रिजालले भने । मुलुकको ठुलो बजेटको हिस्सा निजि क्षेत्रबाट आइरहेको अवस्थामा फेरीपनि व्यवसायीलाइ अर्को कर भाइरस थोपर्नु उपयुक्त नहुने पनि उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष टंक बुढाथोकिले पनि व्यवसायलाइ चलायमान गराउन कर आतंक बन्द गरी एकद्धार कर प्रणालि लागुगर्न सुझाव दिएका थिए । साथै उनले बजार व्यवस्थापनकालागी स्थानिय सरकार, प्रहरी प्रशासन र व्यवसायीहरुको सहकार्यमा रात्री बजार चलाउन पनि सकिने भन्दै यसमा बहश गर्न दाङ उद्योग वाणिज्यसंघ सधै तयार रहेको अभिव्यक्ति दिए । कार्यक्रममा विशिष्ठ अतिथि तथा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशनले दाङको व्यवसायीक समृद्धिलाइ चलायमान बनाउनकालागी व्यवसायीक सुरक्षाको खांचो रहेको भन्दै व्यवसायीले चाहेको समयसम्म व्यवसाय सन्चालन गर्नकालागी व्यवसायीक सुरक्षाको प्रवन्ध हुनुपर्ने पनि अभिव्यक्ति दिएका छन् ।

प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यापार निशेष आफुहरुको उदेश्य नभएको भन्दै आवस्यकता अनुसार व्यवसायीक सुरक्षा प्रदान गर्न र दोहोरो करको विषयमा पनि माथिल्लो निकायलाइ जानकारीगराउने बताए । ‘हरेक व्यवसायी साथीहरु पुर्वाधार अनुसार परीचालित हुनुपर्ने हुन्छ, समग्र व्यवसायीक सुरक्षाका सवालमा हामीहरु जहिल्यैपनि तपाइहरुसंग सकारात्मक छौं’—प्रमुख जिल्ला अधिकारी आचार्यले भने । प्रतिस्पर्धात्मक बजारकालागी आफुहरु जहिल्यै पनि सकारात्मक रहेको पनि उनको अभिव्यक्ति थियो । कार्यक्रममा व्यवसायी तथा पत्रकार संगित बस्यालले बजारलाइ चलायमान गराउनकालागी टाइम व्यारीयरको अन्त गरी व्यवसायीक सुरक्षाको प्रत्याभुति दिलाउन स्थानिय प्रहरी प्रशासनलाइ आग्रह गरेका थिए ।

रिपोर्टर्स क्लव दाङले स्थापना गरेको उत्कृष्ट महिला पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो सन्जिवनिमा कार्यरत पत्रकार जयन्ती चौधरी र दुर्गा मोता देवि पत्रकारिता पुरुस्कारबाट रेडियो थाहा सन्चार मा कार्यरत बिकाश डागिलाई जनहि पाचहजार एक सय नगत सहित पुरस्कृत गरीएको थियो ।
कार्यक्रममा रिपोटर्स क्लब दाङमा आफ्ना स्वर्गिय माता पिताका नाममा दुर्गा मोतादेवि पत्रकारिता पुरस्कार स्थापना गरेका समाजसेवि प्रमोद लामिछानेलाई सम्मान गरिएको थियो । रिपोटर्श कलवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्