२०८१ चैत्र १३ गते बुधवार

सर्वसाधरणले न्यायको महशुस गर्नेगरी न्याय सम्पादन गछौँ : मुख्य न्यायधिस गौतम



९ फागुन,घोराही ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतमले सर्वसाधरण नागरिकले न्यायको महशुस गर्नेगरी न्याय सम्पादन गरिरहेको बताउनुभएको छ । क्रियाशिल महिला पत्रकार दाङले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा मुख्य न्यायधिस गौतमले न्याय सम्पादनमा पहुँच र प्रलोभन नहुने स्पष्ट पार्नुभयो ।

उहाँले अदालतमा आउने सरकारबादी र फौजदारी मुद्धाबाहेक अरु प्राय मुद्धा मेलमिलापमा परिणत गराउने कोशिस गर्ने बताउनुभयो । पिडितलाई अदालतमा रसिद शुल्क बाहेकको शुल्क नलाग्ने बताउँदै मुद्धा मेलमिलामा टुंगिएपछि शुल्क पनि नलाग्ने स्पष्ट पार्नुभएको छ ।

मुद्धा मिलाउने बहानामा विभिन्न व्यक्तिले लिन सक्ने कुरालाई इंगित गर्दै उहाँले शुल्कका विषयमा ख्याल गर्न आग्रह पनि गर्नुभएको छ । साथै उहाँले बलत्कार जस्तो जघन्य अपराधका पिडितले जिल्ला प्रशासनको पिडित राहत कोषबाट तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले अदालतमा असहाय महिलाका लागि वैतनिक (शुल्क नलाग्ने) वकिल राखिएको र मुद्धाको छिनोफानो पनि निशुल्क गरिने बताउनुभयो ।

डव्लुडव्लुजे दाङले मुख्यन्यायधिस गौतम संग परिचयात्मक तथा न्यायमा महिलाको पहँुच विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । डव्लुडव्लुजे दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता एवं उच्च अदालत तुलसीपुरका मुख्यन्यायधिस गौतमको प्रमुख आतिथ्यता तथा न्यायधिस रमेशराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा महिला अधिकारकर्मि शुष्मा गिरी ,पत्रकार नारायण खड्का, गोपाल शर्मा भटट्राई लगाएतकाले सोचे अनुरुप अझै नागरिकहरु न्यायालयको ढोकासम्म आउन नसकिरहेको यस अवस्थामा उनिहरुको सहज पहँुच अभिवृद्धिका न्यायालयले वातावरण सृजना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको बारेमा क्रियाशिल पत्रकार महिला डव्लुडव्लुजेका लुम्विनी प्रदेश संयोजक लिला शाहले प्रकाश पार्नुभएको थियो । क्रियाशिल पत्रकार महिला डव्लुडव्लुजे दाङका सल्लाहकार सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण सचिव शर्मिला डिसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्