२०८१ चैत्र १० गते आइतवार

त्रिविले माग्यो ७ सय भन्दा बढी प्राध्यापक (सूचनासहित)



९ फागुन,काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हो । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै खुला तर्फ प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।

यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ । आयोगका अनुसार खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। आयोगले अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत हेर्न भनेको छ ।

https://drive.google.com/file/d/1Gm9BkHvShMCRkfVav439lD_wxuuo0V2a/view

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्