९ फागुन । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताउनुभएको छ । आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गर्नुभयोे ।
उहाँले समय सिमाभित्रै निर्बाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताउनुभयो । उहाँले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नु परेको बताउनुभयो । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उहाँको भनाई छ ।