९ फागुन , काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै हुनुहुन्छ । उहाँ नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली जान लाग्नु भएको हो । उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाण्डौको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।
डाक्टरले न्यूरोइन्डोक्राइनको ट्युमर भएको आशङ्का गरेकाले उपचारका लागि भट्टराई दिल्ली जान लाग्नुभएको उहाँका उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो । दिल्लीमा उहाँको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँ रहेको नेपाली दूतावासमा हुनेछ ।